बलात्कार गरेर जङ्गलमा खाल्डो खनेर गाड्ने पक्राउ
नेपालबहस संवाददाता
चैत ६, २०७६ शुक्रबार १:२६:३२
६ चैत्र, काठमाडौं । इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ । आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो ।
गत मङ्गलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जङ्गलमा लगी हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिए । आकृतिको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो । सूर्योदय नगरपालिका–१३ स्थित पोखरी (किराँत टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अध्यनरत थिइन् ।
युवती मङ्गलबार बिहान घरबाट परीक्षा लेख्न भनी हिँडेको तर विद्यालय नपुगेपछि खोजतलास शुरु गरिएको थियो । बुधबार दिउँसो अम्रिसो बारीमा शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शव परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ ।
प्रहरी सामु रोशनले बलात्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन् । ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाई बाँध्ने गोठ नजिकै रहेको अम्रिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए । शवलाई प्लाष्टिकको बोरामा राखेर माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार