कोभिड १९ रोकथाममा लाग्न स्वास्थ्यमन्त्रीकाे आग्रह
नेपालबहस संवाददाता
चैत ६, २०७६ शुक्रबार २:४६:३५
६ चैत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्वरभर फैलिएको ‘कोभिड १९’ को रोकथामको प्रयास साझा रहेको भन्दै यसका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
आज यहाँ मन्त्रालय र प्रेस काउन्सिल नेपालले संयुक्त रुपमा आयोजना गरेको कोरोना भाइरस सङ्क्रमण र मिडियाको भूमिका विषयक छलफलमा मन्त्री ढकालले माहामारी नियन्त्रण एक्लैको प्रयासले नहुने भन्दै सबैको सहयोग आवश्यक हुने बताए ।
कोरोनाबारे सञ्चार माध्ययममा अपूष्ट समाचार आउने गरेको भन्दै मन्त्री ढकालले सत्यतथ्यको आधारमा समाचार प्रकाशन प्रसारण गर्न पनि आग्रह गरे । सोही मन्त्रालयमा राज्यमन्त्री नवराज रावतले भाइरस नियन्त्रणको लागि सरकारले उच्च सतर्कता अपनाएको र यसमा साथ दिन सबैलाई आग्रह गरे। कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अत्यावश्यक काममा बाहेक अन्य समयमा घरबाट ननिस्कन सबैलाई आग्रह गरे। प्रवक्ता डा देवकोटाले विभिन्न अस्पतालमा हालसम्मा ५२९ जनाले यस भाइरसको परीक्षण गरेको भए पनि हालसम्म कसैमा पनि यसको सङ्क्रमण नदेखेनु सकारात्मक रहेको भन्दै सतर्क रहन भने आवश्यक रहेको बताए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले भाइरस नियन्त्रणको लागि सरकारको प्रयास सकारात्मक रहेको भन्दै यसमा सहयोग दिनका लागि सञ्चार माध्ययमको पनि निकै ठूलो भूमिका रहने बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले अहिले विश्वनै सङ्कटमा परेकाले सामाजिक उत्तरदाहित्का साथ काम गर्न सबै सञ्चार कर्मीलाई आग्रह गरे । अहिले विशेष अवस्था भएकाले स्थलगत रिपोटिङ्मा जाने कर्मचारीलाई सञ्चार गृहले विशेष व्यवस्था गर्नुपर्ने धारणा पनि श्रेष्ठले राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार