उत्तरी अफगानिस्तानमा विस्फोट, आठको मृत्यु २२ घाइते
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २०:२९:२
७ चैत एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन ।
मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् । प्रान्तीय राजधानी तालुकानको बाहिरी इलाकामा स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० बजे सो विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन् ।
व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिबानी लडाकू समूहले सो विस्फोटक पदार्थ बोकेर हिडेका जनाइएको छ । उक्त विस्फोटमा परी घाइते भएका दश सर्वसाधारणमा केही बालबालिका समेत रहेका समाचारमा जनाइएको छ ।
अफगानिस्तानका तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्ष्य गर्दै घरमा निर्माण गरिएका बमलगायत अन्य विष्फोटक पदार्थहरू विस्फोटन गराउदै आएका छन् । यस्ता आक्रमणहरुबाट बारम्बार सर्वसाधारणलाई हानी पु¥याउँदै आएको पाइन्छ । गत वर्ष भएका विस्फोटक पदार्थ विस्फोटमा परी ८ सय भन्दा बढी नागरिक मारिनुको साथै २ हजार ३३० घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार