शनिबारदेखि २५ जना भन्दा बढी मलामी जान नपाइने
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार २:१८:६
७ चैत काठमाडौं । पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा प्रत्येक दिन बेलुकी हुने गरेको वाग्मती गङ्गा आरतीमा शनिबारदेखि २५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन दिएको छ । “कोषले भक्तजनमाथि शासन गर्न खोजेको होइन, रोगको सन्त्रासबाट बचाउन खोजेको हो, मन्दिरमा दर्शनका लागि आउनु हुने भक्तजनलाई पनि २५ जनाभन्दा धेरैको सङ्ख्यामा जम्मा नहुन र दुई मिटरको दूरीमा बस्न अनुरोध गरिएको छ”, उनले भने । यसका लागि कोषले पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा परिचालन गरेको छ । भक्तजनमा रोगको सङ्क्रमण फैलन नदिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । सजग भएर भीड नगर्न र कोषको अनुरोधलाई सहज रुपमा स्वीकार गर्न पनि सदस्य सचिव ढकालले आह्वान गरे।
कोषको निर्देशनानुसार शनिबारदेखि १० जनाको समूहले आरती गर्ने भक्तजन र सहयोगीसमेत गरी २५ जनाभन्दा बढी उपस्थित नहुने गरी व्यवस्था मिलाइएको श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समितिका कोषाध्यक्ष नारायणप्रसाद पौडेलले बताए । पशुपतिमा विसं २०६३ साउनको तेस्रो सोमबारदेखि वाग्मतीको गङ्गा आरती शुरु भएको हो । भारतको बनारसमा हुने गङ्गा आरतीको स्वरुपमा त्यहीँबाट सामग्री र जनशक्ति ल्याएर कार्यक्रम शुरु गरिएको थियो । त्यसबेलादेखि शुरु गरिएको आरती आजसम्म निरन्तर चलिरहेको छ ।
आरतीको विधि नछोडी साउन्ड सिस्टम बन्द गरेर भीडभाड नगर्ने गरी तयारी गरिएको पनि उनले जानकारी दिए। सामान्य दिनमा पनि पशुपतिको आरतीमा हजारौँको सङ्ख्यामा भक्तजन उपस्थित हुने गरेका थिए । विशेष चाडपर्वका बेलामा त सङ्ख्या अझ बढ्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार