फिनल्याड विश्वको सबैभन्दा खुशी मुलुक
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार ३:३:४३
७ चैत, एजेन्सी । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् ।
‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मुल्याङ्कनका आधारमा फिनल्याण्डलाई विश्वको सबैभन्दा खुशी मुलुक घोषणा गरेका बताइएको छ ।
अनुसन्धानका लागि विज्ञहरूले हरेक मुलुकको कूल ग्राहस्थ उत्पादन, सामाजिक सहयोग, व्यैयक्तिक स्वतन्त्रता र भ्रष्टाचारको तहलाई आधार बनाएर खुशीयाली मुलुकको अङ्क दिइएको बताएका छन् । हरेक सात रिपोर्टमा स्वीट्जरल्याण्ड, न्यूजिल्याण्ड अष्ट्रियालगायतका स्कान्डिनाभियाली मुलुकहरू अग्र दश स्थानमा पर्न सफल भएका थिए । विश्वका दश खुशी मुलुकभित्र लक्जेमवर्ग पनि पर्न नसकेको विज्ञहरूले बताएका छन् ।
“खुशी राष्ट्रहरूका लागि सम्पत्तीको चेत, आपसी आनन्द र विश्वासको भावना, सहकारीता तथा साझा संस्थान तथा दायित्वका बिषयलाई गहन अध्ययन गरिएको थियो,” अनुसन्धान रिपोर्ट तयार गर्नेमध्येका एक विज्ञ जोन हेलिवेलले विज्ञको तर्फबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसैबीच, यो सूचीको अन्त्यमा हिंसात्मक द्वन्द्वको सामना गरिरहेका र अत्यन्त गरिबीको रेखामूनि रहेका जिम्वाब्वे, दक्षिण सुडान र अफगानिस्तानजस्ता मुलुकहरू रहेका थिए ।
सूचीमा अस्ट्रेलिया एघारौँ स्थानमा रहेको छ भने कोस्टारिका बाह्रौँ, इजरायल तह्रौँँ, लक्जेम्वर्ग चौधौँँ र बेलायत पन्ध्रौँँ नम्बरमा रहेका छन् । त्यस्तै जर्मनी सत्रौँँ, अमेरिका अन्नाइसौँँ, फ्रान्स चौबिसौँ, सिङ्गापुर चौतिसौँँ, जापान अन्ठाउन्नौँँ, पाकिस्तान सतसट्ठीऔँ, रूस अठसट्ठीऔँ, चीन त्रियानब्वेऔँ स्थानमा रहेका छन् ।
त्यसैगरी नेपाल दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानपछि अग्रस्थानमा अर्थात् सयौँँ स्थानमा परेको छ भने बङ्गलादेश १२५औँ, श्रीलङ्का १३०औँ, भारत १४०औँ स्थानमा रहेका छन् । अन्तिम तीन स्थानमा क्रमशः अफगानिस्तान, मध्य अफ्रिकी गणतन्त्र र दक्षिण सुडान रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार