कोरोना भाइरसको औषधि अझै अनुसन्धानको क्रममा
नेपालबहस संवाददाता
चैत ८, २०७६ शनिबार १२:४१:२१
८ चैत, एजेन्सी । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएका प्रमुखले क्लोरोक्वाईन नामक औषधि कोरोना भाइसको सङ्क्रमणविरुद्ध लड्न प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा अझै अनुसन्धान भइरहेको बताएका छन्।
त्यो औषधि मलेरिया लगायतका रोगबाट ग्रस्त बिरामीलाई दिने गरिएको छ। राष्ट्रपति ट्रम्पले क्लोरोक्वाईन औषधि कोभिड-१९ विरुद्ध प्रयोग गर्न सिफारिस गरिसकिएको सङ्केत गरेलगत्तै एफडीए प्रमुख स्टिभेन हानले त्यो औषधि अझै अनुसन्धानको क्रममा रहेको बताएका हुन्।
त्यसअघि स्पेनमा कोरोना भाइरस सङ्क्रमितहरूको संसर्गमा आएका झन्डै ३,००० मा हाईड्रोक्लोरोक्वाईन नामक औषधि दिइएको थियो। त्यसले कोरोनाभाइरस फैलिने क्रम रोक्ने अपेक्षा गरिएको थियो।
कोरोना भाइरसको सङ्क्रमणबाट हुने कोभिड-१९ नामक रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरूले विभिन्न परीक्षण गरिरहेका छन्। सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले ८अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेका छन्।
प्रायस् रूमटोइड आर्थ्राईटिस अर्थात् बाथ रोगको उपचारमा प्रयोग हुने उक्त औषधि न्यूयोर्कमा यसै साता केही बिरामीमा परीक्षण थालिएको थियो। त्यसको नतिजा अझै प्रस्ट भइसकेको छैन।
मोनोक्लोनल एन्टीबडी पनि भनिने उक्त औषधिले कोरोना भाइरसप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउने अतिसक्रियतालाई घटाउन सहयोग पुर्याउने अपेक्षा गरिएको विज्ञहरूले बताएका छन्। क्यामब्रिज विश्वविद्यालयका वैज्ञानिकहरू पनि खोप विकास गर्न प्रयासरत छन् । यसअघि स्पेनका अनुसन्धानकर्ताहरूले चाहिँ अर्कै औषधिको परीक्षण गरिरहेको बताएका थिए।
उनीहरूले एचआईभी अर्थात् ह्यूमन इम्यूनोडिफिशन्सी भाइरसबाट सङ्क्रमित भएका मानिसको उपचार गर्न प्रयोग गरिने औषधि कोभिड-१९ बाट पीडित २०० बिरामीमा परीक्षण गरिसकेका छन्। तर अन्य केही परीक्षणका क्रममा एचआईभीविरुद्धका औषधिले कोरोनाभाइरस सङ्क्रमितलाई धेरै फाइदा नपुर्याएका विवरण यसै साता सार्वजनिक भएका थिए।
अमेरिकामा कोरोना भाइरसविरुद्ध विकसित खोपको परीक्षण मानिसमा भर्खरै सुरु गरिएको हो। वाशिङ्टन राज्यको सीयाटलमा चार बिरामीलाई उक्त खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ। उक्त खोपबाट कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड-१९ हुँदैन।
उक्त भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको सङ्केतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो। कोरोना भाइरसविरुद्ध मानवमा गरिएको खोपको पहिलो परीक्षण अमेरिकामा गरिएको थियो तर त्यो प्रतिलिपिले मानव शरीरमा हानि गर्दैन।
विज्ञहरूका अनुसार त्यो खोपको प्रभावकारिता थाहा पाउन केही महिना लाग्छ। अमेरिकामा सरकारले राज्य सरकारहरूलाई कोरोना भाइरस परीक्षण किट विकास गर्न प्रेरित गर्दैछ। त्यसका लागि औषधि विकास नियमन गर्न बनाइएका कानुनी प्रावधान खुकुलो पारिँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार