बिहिबार , माघ १५, २०७७

मानव स्वास्थ्य हितका लागि कागतीका विशेष गुणहरु

मानव स्वास्थ्य हितका लागि कागतीका विशेष गुणहरु

८ चैत, काठमाडौं । कागतीमा खनिज पदार्थ, भिटामिन बी र सी धेरै मात्रामा र भिटामिन ए साधारण मात्रामा पाइन्छ । पेटका विभिन्न समस्यादेखि उच्च रक्तचाप र माेटोपन लगायतका रोगहरुमा यसले धेरै लाभ दिन्छ । तरकारीहरू र सलादमा कागतीको रस मिसाएर खाने गर्दा खानेकुरा स्वादिलो हुनुका साथै पोषण क्षमतामा पनि वृद्धि हुन्छ ।

छालाका विविध रोगहरु जस्तैः डण्डिफोर, चायाँ र मुखका अन्य दागमा यसको बोक्रा दल्ने र सर्वत बनाएर पिउने गर्नाले फाइदा मिल्छ । रगतलाई शुद्ध गर्नु यसको मुख्य गुण नै हो । बिहान शौंच जानु भन्दा पहिला एक लिटर पानीमा एउटा कागती निचोरेर मह मिसाएर सेवन गर्ने हो भने कडा भन्दा कडा रोगमा पनि कमी आउँछ । कागतीको पात र डाँठले समेत धेरै समस्यामा फाइदा दिन्छ ।

रुघा, खोकी, पखाला, पेट फुल्ने, पसिना गन्हाउने आदि समस्याहरुमा यसलाई चियाको रुपमा पिउन सकिन्छ । तताएको पानी थोरै चिसो भैइसकेपछि १०० मिलिग्राम पानीमा १ चम्चा मह मिसाएर खान सकिन्छ । जापानका सुप्रसिद्ध आहार शास्त्रीले भनेका छन् ,“घरमा यो हाम्रो सेवक हो, समाजको लागि उच्चकोटिको वैद्य हो र सम्पूर्ण राष्ट्रिय जीवनको लागि ठूलो वैज्ञानिक ।”

सर एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले पनि सगरमाथा चढ्दा कागती साथमा लिएर गएको कुरा सगरमाथा विजयको विवरणमा उल्लेख गरिएको छ । यस अभियानमा मुख्यरुपमा कागतीको सर्वत नै प्रयोग गरिएको थियो । त्यसैले एउटा भनाई नै छ, मध्ययुगमा आल्पसलाई नेपोलियनले जिते र यस युगमा विश्वको सबै भन्दा अग्लो पर्वतलाई कागतीले जित्यो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय