कोरोना कहर : ३ दिनमा झण्डै पाँच लाखले छाडे राजधानी
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार २०:१२:३२
९ चैत्र, काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै देशको राजधानी काठमाडौं छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाख मानिसले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ ।
तीन दिनको अवधिमा राजधानी आउने यात्रु एकलाख ९४ हजार मात्र रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेकामा शनिबार दुई लाख छ हजारले राजधानी छाडेका छन् ।आज बिहान १० बजेसम्म मात्रै ५६ हजारले छाडिसकेका छन् । सरकारले यही चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा (एसइई) अनिश्चितकालका लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो ।
सरकारले कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै देशमा आजदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द गरेको छ । यस्तै चैत १० गतेदेखि लागू हुने गरी केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यस्तै आजदेखि लागू हुने गरी यही चैत १८ गतेसम्म अन्तरराष्ट्रिय हवाई यातायात सञ्चालनमा समेत सरकारले रोक लगाएको छ ।
नेपालका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नभएपनि बढ्दो जोखिमका कारण शैक्षिक संस्था, अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द भएको र आर्थिक तथा पर्यटन क्षेत्र प्रभावित हुँदा राजधानी छाड्ने यात्रुको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । महाशाखाका अनुसार चैतको ६ देखि ८ गतेसम्ममा ४५ हजार ६८२ गाडीमा एक लाख ९४ हजार ७२२ यात्रु भित्रिएका छन् भने राजधानीबाट ६४ हजार ७३२ गाडीमा चार लाख ४५ हजार ६१९ यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार आज बिहान मात्रै राजधानी छाड्ने यात्रुको सङ्ख्या ५६ हजार ६४७ छ । उक्त अवधिमा नौ हजार यात्रु राजधानी भित्रिएका महाशाखाले जनाएको छ ।
त्यसअघि चैत ५ गतेको तथ्याङ्क हेर्दा राजधानीबाट बाहिरिनेभन्दा भित्रिने सङ्ख्या बढी थियो । त्यस दिन १८ हजार १८० गाडीमा ९८ हजार ९३४ यात्रु भित्रिएका र १७ हजार ४४१ गाडीमा ९५ हजार २४७ यात्रु बाहिरिएका ट्राफिक प्रहरी महाशाखाको अभिलेखमा उल्लेख छ ।
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन सरकराले यसअघि नै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई आगामी वैशाख १८ गतेसम्मका लागि बन्द गरिसकेको छ । अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन पनि सरकारले रोक लगाएको छ ।
बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भीडभाड भने बढी देखिएको छ । यसतर्फ सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्भावित भीडभाड रोक्न प्रहरी टोली थप परिचालन गरिएको जानकारी दिए । उनले गाडीमा बढी यात्रु चढ्न नदिने, बढी भाडा लिनेलाई कारवाही गर्ने, जबर्जस्ती चढ्न खोज्ने यात्रुलाई सम्झाउने तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्ने गरी ट्राफिक प्रहरीले सचेतना अभियान समेत चलाएको जानकारी दिएका छन् ।
सरकारले यसअघि नै भीडभाडमा नजान, सरसफार्इमा ध्यान दिन, अनावश्यकरूपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि सर्वसाधारणमा आह्वान गरिसकेको छ । द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष तथा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले अहिलेको जस्तो अवस्थामा मानिसमा चिन्ता हुने, आत्तिने, डराउने, तर्सने, रिस उठ्नेलगायतका लक्षण आउनु स्वभाविक भएकाले त्यसतर्फ विशेष ख्याल गर्दै स्व–हेरचाहका विधि अपनाउनुपर्ने बताए । नआत्तिइ संयम भएर स्वास्थ्यको ख्याल गर्दै आफैँले उचित सावधानी अपनाउनसमेत उनले सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार