अफगानिस्तानकाे सुरक्षाचौकीमा आक्रमण, २८ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार २२:१३:४६
९ चैत्र एजेन्सी । अफगानिस्तानमा आइतबार भएको झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सुरक्षाकर्मी र २४ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।
देशको उत्तरी कुन्दुज प्रान्तमा भएको घटनामा परी अरु २६ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् । प्रवक्ता इश्मातुल्लाह मुरादीले सिन्ह्वालाई बताए अनुसार तालिबान लडाकूले सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।
देशको कुन्दुजसँग जोडिएको छिमेकी प्रान्त बाघलान र ताखामा पनि भिडन्तका घटना धेरै हुने गरेका छन् । गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र तालिबान लडाकू समूहबीच शान्ति सम्झौता भए पनि अफगानिस्तानमा हिंसात्मक घटना रोकिएका छैनन् ।
खासगरी अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका पाँच हजार लडाकूलाई बिनाशर्त मुक्त गर्न अफगान राष्ट्रपति अस्रफ घानी सहमत नभए पछि पुनः हिंसात्मक झडप जारी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार