हाटबजार अनिश्चितकालका लागि बन्द
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार २३:५३:६
९ चैत्र, खस्यौली । रुपन्देहीका १२२ ठूला तथा साना हाटबजार अनिश्चितकालका लागि बन्द भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ विरुद्ध उच्च सर्तकता अपनाउँदै सबै प्रकारका हाटबजार बन्द गरिएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिए ।
उनले सरकारले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै हाटबजार भिडभाड हुने क्षेत्र भएकाले बजार बन्द गर्न बाध्य भएको बताए । अध्यक्ष ज्ञवालीले कृषकको उत्पादन डुलाएर वा चोकमा मानिसको आवतजावत कम हुने ठाँउमा लगेर बेच्न किसानलाई आग्रह गरिएको उल्लेख गर्दै कोरोना भाइरसबाट बच्न र बचाउनका लागि आग्रह गरिएको बताए ।
जिल्लाको बुटवल, भैरहवा, मणिग्राम, मङ्गलापुर, ठूटेपिपल, रानीबगिया, मुर्गिया, कलोनी, सालभण्डी लगायतका स्थानमा फरकफरक बारमा साप्ताहिक हाटबजार लाग्दै आएको थियो । ती बजारमा करिब रु एक करोडभन्दा बढीको आर्थिक कारोवार हुने गरेको थियो ।
दैनिक दुई हजार व्यवसायीले कम्तीमा रु सात हजार बराबरको कारोवार गर्ने गरेका छन् । हाटबजारमा दैनिक नौ टन तरकारी, फलफूल खाद्यान्न विक्री हुँदै आएको थियो । यसअघि बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा नगरपालिका शुद्धोधन, गैडहवा गाउँपालिकाले साप्ताहिक हाटबजार बन्दको घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार