आज रातिदेखि कञ्चनपुरमा ‘कर्फ्यू’ ? घरबाहिर निस्के कारवाही
नेपालबहस संवाददाता
चैत ९, २०७६ सोमबार ०:२१:५९
९ चैत्र, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला भीड अनियन्त्रित भएकोले जिल्लाभर ‘कर्फ्यू’ आदेश जारी भएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार आज आइतबार राति १२ बजेपछि जिल्लाभरका बासिन्दालाई घरबाहिर ननिस्कन भनिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न यो निर्णय गरेको खतिवडाले जानकारी दिए ।
प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।जोखिमलाई नियन्त्रण गर्न यहि चैत ११ गते गड्डाचौकी नाकामा पैदल यात्रुको आवागमनमा समेत रोक लगाइएको छ ।
कोरोना भाइरसको जोखिम कम गर्न चालिएको कदम भएकाले यसको उल्लंघन गरेमा अथवा प्रशासनको निर्णयको पालना नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ । पछिल्ला तीनदिन यता हजारौँ मानिसहरु एकैपटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएपछि कोरोना भाइरसको जोखिम बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार