कोभिड–१९ : जोखिमका विरुद्ध द्रत काम
नेपालबहस संवाददाता
चैत १०, २०७६ सोमबार १४:५६:४४
१० चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिएका छन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वको अनुगमन समिति तथा मन्त्री रावल संयोजकत्वको कोभिड–१९ प्रतिकार्य उच्चस्तरीय समितिको बैठकले आइतबार कर्णाली प्रदेशका १० जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षार्थ निगरानी कक्ष (क्वारेन्टाइन) र आइसोलेसनको आवश्यक व्यवस्था मिलाउने तयारी थालेको छ । प्रदेशका ७९ स्थानीय तह र ७२९ वडामा गठित समितिले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई सार्वजनिक ठाउँमा क्वारेन्टाइन निर्माण गरी १४ दिनसम्म त्यसमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिए ।
“सुर्खेतमा निर्माण गरिने क्वारेन्टाइनको लजिस्टिक व्यवस्थापनका लागि नेपाली सेनाका पृतनापति सरोजप्रताप राणाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । पूर्वाधार मन्त्रालयका सचिवको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेका छौँ । ‘कोभिड–१९’ विरुद्धको काम युद्धस्तरमा अघि बढेको छ”, उनले भने । सो उच्चस्तरीय समितिको बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्यसम्बद्ध विभिन्न उपकरण, औषधि तथा जनशक्ति व्यवस्थापन उपसमिति तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई शान्ति सुरक्षाका सबै व्यवस्थापकीय कार्यमा खटाउने निर्णय गरेको छ ।
यस्तै वीरेन्द्रनगरको खुलामञ्चमा ४०० क्वारेन्टाइन कक्ष निर्माण कार्य थालिएको छ । आइतबारसम्म १०० भन्दा बढी क्वारेन्टाइन निर्माण गरिएको उत्तरपश्चिम पृतना सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारी र सामाजिक विकासमन्त्री रावलले क्वारेन्टाइन निर्माणस्थलमा पुगेर अनुगमनसमेत गरेका थिए । मुख्यमन्त्री शाहीले सेनाले देखाएको सक्रियता र शीघ्रताप्रति कृतज्ञता प्रकट गरे । उनले ६०० क्वारेन्टाइन मध्यपश्चिम विश्वविद्यालयमा निर्माण गरी सरकारलाई सहयोग पु¥याउन सो अवसरमा सेनालाई निर्देशन दिए ।
उत्तरपश्चिम पृतनाका पृतनापति राणाले क्वारेन्टाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । विद्युत्को सहज पहुँच, खानेपानीको उपलब्धता, नजिकै बस्ती नभएकाले तत्कालका लागि क्वारेन्टाइन खुलामञ्चमा बनाउन लागिएको हो । कोरोना भाइरसबाट प्रभावित भए नभएको पत्ता लगाउन भारतलगायत अन्य देशबाट फर्कनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार