दुर्घटनामा तीनको मृत्यु
नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार १:१६:३३
१० चैत्र, तुलसीपुर । दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । काठमाडौँबाट दाङ आउदै गरेको बा६ख ३९६७ नंको बस र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा१ब ८१८ नंको मोटरसाइकल गढ्वा गाउँपालिका–१ कालाकाटेमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी रोल्पाको गङ्गादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुनको मृत्यु भएको छ । रुकुम त्रिवेणी गाउँपालिका–२ खारा निवासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । त्यस्तै रोल्पा गङ्गादेव गाउँपालिकाका कम्प्युटर अपरेटर तुलसीपुर उपमहानगरपालिका–५ निवासी रमेश ओलीको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का २५ वर्षीय अजय कवर, दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीया सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका–६ का १८ वर्षीय कृष्ण चौधरी रहेका छन् ।
स्कुटर दुर्घटनामा एकको मृत्यु
त्यस्तै, दाङको घोराहीदेखि लमहीतर्फ जाँदै गरेको रा३प ५४३० नंको स्कुटी लमहीको बेलदमारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी ३६ वर्षीय अमितसिंह धामी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका धामीको लमहीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार