चीनको वुहानमा लगातार पाँचौँ दिन पनि नयाँ सङ्क्रमण भेटिएन
नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार ३:११:१२
१० चैत्र, एजेन्सी । विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार बताएका छन् ।
विश्वभर प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ सङ्क्रमितको सङ्ख्या विश्वका अन्य मुलुकमा फैलिने क्रम रहेपनि सुरूमा सङ्क्रमणबाट निकै प्रभावित बनेको वुहानमा नयाँ सङ्क्रमण नदेखिएसँगै यहाँका उद्योग तथा कलकारखाना काममा फर्किन थालेका छन् ।
हुबेई प्रान्तको राजधानी सहर वुहानमा लगातार पाँचौँ दिनसम्म कुनै पनि सङ्क्रमित वा सङ्क्रमणको आशङ्का गरिएका व्यक्ति नदेखिएका कारण यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले बेइजिङमा पत्रकार सम्मेलनमा बताए ।
वुहानमा सङ्क्रमण फैलिएको सार्वजनिक सूचनासँगै पूर्णरूपमा बन्द भएको सहरमा दुई महिनापछि विस्तारै चहलपहल बढ्न थालेको र अन्य सहरमा पनि नयाँ विरामीको सङ्ख्या नियन्त्रणको अवस्थामा पुगेको मीले बताए ।
यद्यपि नयाँ सङ्क्रमित नभेटिएपनि यहाँ पूर्णरूपमा खतरामुक्त भयो भन्नु अहिल्यै हतार हुने भन्दै नागरिकहरूलाई सचेत बनिरहन उनले आग्रह गरे। अझै पनि सङ्क्रमण फैलिने खतरा रहेको र पुनः महामारी ननिम्तियोस भनेर स्वास्थ्यकर्मी, नागरिक तथा सरकारी अधिकारीले संयमता अपनाइरहेका छन् । उनले रोकथाम र नियन्त्रणका अझै धेरै काम बाँकी रहेको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार