बुधबारदेखि भारतमा सबै आन्तरिक उडान बन्द हुने
नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार ३:२२:५३
१० चैत्र, एजेन्सी । भारतले कोरोना सङ्क्रमणका थप घटना पुष्टि हुने क्रम बढेसँगै आगामी बुधबारदेखि सबै आन्तरिक उडानलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
भारतमा विभिन्न राज्यहरूले आ–आफ्नै हिसाबले स्थानीयस्तरमा नै आवागमनमा रोक लगाउने निर्णय आइसकेको समयमा केन्द्र सरकारले सबै आन्तरिक उडानलाई बन्द गर्ने निर्णय गरेको हो ।
भारतले विदेशबाट आउने सबै अन्तर्राष्ट्रिय उडानमाथि यस पहिले नै रोक लगाइसकेको छ भने अधिकांश सीमा क्षेत्रमा पनि आवागमन बन्द गरेको छ ।
सरकारको सूचना विभागका अनुसार सामान ढुवानी गर्ने कार्गो विमान सेवा भने यथावतरूपमा चल्ने छन् । भारतमा सोमबारसम्म सात जनाको मृत्यु भइसकेको छ भने ४०० व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार