माछापुछ्रे बैकको ‘सीईओ’मा सन्तोष कोइराला नियुक्त
नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार ४:४:२२
१० चैत्र, काठमाडौं । माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’मा सन्तोष कोइराला नियुक्त भएका छन् ।आगामि बैशाख १ गतेदेखि लागु हुने गरी सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई सीईओमा नियुक्ती गरेको हो । गत चैत २ गतेदेखि कोइराला कामू सीईओ भइ जिम्मेवारी सम्हालेका थिए ।
२ दशकभन्दा बढी बैंकिङको अनुभव भएका कोइराला बैंकको डेपुटी सीईओका रुपमा कार्यरत थिए । तत्कालीन सीईओ सुमन शर्माले राजीनामा दिएपछि कोइराला कामू सीईओ हुँदै सीईओमा नियुक्त भएका हुन् ।
नेपालको बैंकिङ क्षेत्रमा २० बर्ष लामो अनुभव हासिल गरेका कोइरालाले माछापुच्छ्रे बैंकमा पनि ७ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् । बैंक अफ काठमाण्डूबाट आफ्नो बैंकिङ करियर शुरु गरि ४ बर्ष बिताएका कोइराला सानिमा बैंक हुँदै माछापुच्छ्रे बैंकमा आएका हुन् ।
सानिमा बैंकमा उनले करिब ९ वर्ष काम गरेका थिए । त्रिभूवन विश्वविद्यालयबाट एमवीए गरेका कोइरालाले नेदरल्यान्डको कलेजबाट एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राममा डिप्लोमा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार