विश्वभर भाइरस संक्रमितको संख्या तीन लाख ८१ हजार पुग्यो
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार १४:५३:२२
कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्र गतिमा बिस्तार
११ चैत्र, एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीको हालको इपिसेन्टरका रुपमा रहेको इटालीमा अवस्था सुधार हुने संकेत देखिएको छैन । इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या लगतार बढिरहेको हाे।
सोमबार पनि थप ६ सय भन्दा बढीको मृत्यु भएको छ । सोमबार एकै दिन ६०२ जनाको मृत्यु भएसँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमानेको संख्या ६ हजार नाघेको छ । त्यहाँ हालसम्म कोभिड–१९ का कारण ६ हजार ७७ जनाको मृत्यु भएको छ ।
यस्तै इटालीमा संक्रमितको संख्या ६३ हजार ९२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । इटालीमा गएको शनिबार एकै दिन ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार र सोमबार भने त्यो भन्दा केही कमको मृत्यु भएको हो ।
पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्र गतिमा बिस्तार भएको छ छ। पछिल्लो २४ घण्टामा १० हजार भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमितको संख्या कम्तिमा ४३ हजार ७३४ पुगेको छ । यस्तै थप १४० जनाको मृत्यु भएसँगै अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ ।
स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बिस्तार भएको छ । पछिल्लो २४ घण्टामा थप ६३ सय ६८ जनामा नयाँ संक्रमण पुष्टि भएको स्पनेमा कुल संक्रमितको संख्या ३५ हजार नाघेको छ । थप ४१ सय ८३ जनामा संक्रमण पुष्टि भएको जर्मनीमा कुल संक्रमितको संख्या २९ हजार ५६ पुगेको जनाइएको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा इटालीपछि सबैभन्दा धेरै ५३९ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको कुल संख्या २३ सय ११ पुगेको छ । यस्तै २३ हजार ४९ कुल संक्रमित रहेको इरानमा मृत्यु हुनेको संख्या १८ सय १२ पुगेको छ ।
विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या तीन लाख ८१ हजार ४ सय ६२ पुगेको छ । विश्वभर अहिलेसम्म १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ । यस्तै एक लाख दुई हजार ४ सय २३ जना निको भएर घर फर्किएका छन् ।
हेर्नुस कोरोना भाइरस संक्रमितको संख्या सूचीसहित :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का
बैशाख ११, २०८१ मंगलबार
केजरीवाललाई डाक्टरसँग परामर्श गर्न दिन अदालतको अस्वीकार
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार