सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार १६:५४:१८
शेरबहादुर सिंह
११ चैत्र, भीमदत्तनगर । कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ । यहाँका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल कम गर्न तथा यातायात, व्यापार तथा बजार बन्द गर्न स्थानीय प्रशासनले लकडाउन गरेका छन् ।
सोमबार कञ्चनपुर र कैलालीमा नेपाल–भारत सीमानाका बन्द गरिए पनि उच्च सतर्कताका साथ नेपालीलाई स्वास्थ्य परीक्षण गरी भित्र्याइएको थियो । आज बिहान भने कञ्चनपुरको सीमावर्ती बजार वनबासा र कैलालीको गौरीफण्टा नाकामा सयौंँ नेपाली अलपत्र परेका छन् । उनीहरुलाई नेपाल आउन दिइएको छैन । मुलुकभर लकडाउन भएसंँगै सुदूरपश्चिमभर आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन भएका छन् ।
यहाँका विभिन्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गर्दै यहाँका बजार, व्यवसाय र कलकारखाना बन्द गर्न निषेधाज्ञा जारीसमेत गरेका छन् । पहाडी जिल्ला डडेल्धुरा, दार्चुला र बैतडीलगायत जिल्लामा समेत लकडाउनको प्रभाव देखिएको छ । त्यसैगरी सुदूरपीश्चम प्रदेशमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायले स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा दर्जैनौँ सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । साथै आइसोलेशन कक्ष र क्वारेन्टाइन धमाधम निर्माण भइरहेका छन् । पश्चिममा कैलालीका त्रिनगर, खंक्रौला नाकाका साथै कञ्चनपुरको ग्डडाचौकी, बेलौरी, डडेल्धुराको जोगबुढा, बैतडीको झुलाघाट र दार्चुलामा भारतसित जोडिएका महाकालीका चार पुलबाट आवागमन रोकिएको छ ।
भारतका विभिन्न क्षेत्रमा कोरोनाको सङ्क्रमण देखिएपछि सुदूरपश्चिमका नाकाबाट एक सातामा करीब एक लाखभन्दा बढी नेपाली घर फर्किएको बताइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी प्रमुख नूरहरि खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले लक डाउन गरिएको बताए । “सूचनाको बेवास्ता गरी अनावश्यक भीडभाड र हिँड्डुल गरेको पाइए कानूनबमोजिम कारबाही हुन्छ ।” उनले भने,“सचेत भएर घरमै बस्नु भनेको आफ्नै लागि हो ।” स्थानीय तह पनि सङ्क्रमण फैलिन नदिन वडास्तरसम्म सक्रिय रुपमा लागिपरेका छन । डडेल्धुरामा आज बिहानदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
बाजुरामा विशेष गरेर तराईका जिल्लाबाट जिल्लामा गएका सर्वसाधारणको स्वास्थ्य परीक्षणमा जोड दिइएको छ ।डोटी जिल्लाले पनि मङ्गलबारदेखि लागू हुने गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । अछाम र बझाङ्गमा पनि आवश्यक तयारी, स्वास्थ्य परीक्षण र सचेतनामलक कार्यक्रमलाई स्थानीय तह र प्रशासनले जोड दिएका छन् ।
त्यसैगरी दार्चुलामा पनि भारतसित सीमा जोडिएका महाकाली नदीमा अवस्थित चार पुलबाट आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । दार्चुलाका संवाददाता नरेन्द्रसिंह कार्कीका अनुसार सदरमुकामको बसपार्कमा नेपाली सेनाको स्वास्थ्य कक्ष सञ्चालनमा आएको छ । त्यसैगरी गोकुलेश्वरमा शैल्यशिखर नगरपालिकाले कक्षमार्फत स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको छ । यस्तै यहाँको पहाडी जिल्ला बैतडीसित जोडिएको झुलाघाट नाकाबाट आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले केन्द्रको निर्णयानुसार जिल्लाको सीमानाका बन्द गरिएको जनाएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिकामा दुई, दोगडा केदारमा एक, सुर्नया गाउँपालिकामा तीन, पुच्यौडीमा पाँच र दशरथ नगरपालिकाको झुलाघाटमा स्वास्थ्य कक्ष स्थापना गरिएको छ भने बैतडी जिल्ला प्रहरी कार्यालय परिसर र जिल्ला अस्पतालमा आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार