डराउनैपर्ने त छैन है, ख्याल ठट्टा गर्ने नि होइन है ?
Advertisement

११ चैत्र, काठमाडौं । विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन् ।

आजदेखि अत्यावश्यक सेवाबाहेक बन्द ‘लकडाउन’ जारी गरेकाले मानिसहरु घरमा परिवारसहित बजेर मनोरञ्जन लिँदै हेर्न मिल्ने यस्ता कोरोना विरोधी सचेतनामूलक गीतहरु युट्युब र सामाजिक सञ्जालमा भाइरसबाट बच्न सचेतना अपनाउनु भन्दै भाइरल भैइरहेका छन्।

चीनको हुवान प्रान्तबाट फैलिएको यो भाइरसबारे शुरुमा आम नेपालीले धेरै बुझेका थिएनन् । पछि विश्वव्यापी सङ्क्रमण भएपछि सञ्चारमाध्यमबाट यसको जोखिम र असरका बारेमा चाल पाए । नेपाल टेलिकमको ‘रिङ ब्याक टोन’ का माध्यमबाट पनि धेरै मानी सचेत भएका थिए । यी गीतहरुले कोरोना भाइरसलाई अझ सरलरुपमा बुझाएको छ भने यसबाट बच्ने तरिकालाई जनहितमा गीति शैलीमा प्रस्तुत गरिएको छ ।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका लागि गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको यो गीमा नरेश खाती र एनिला चौहानको स्वर र गोमा परिवारको शब्द रहेको छ भने कलाकार कोमल वली, दीपाश्री निरौला, बद्री पंज्ञेनी, रमेश बिसी, पशुपति शर्मा, पत्रकार ऋषि धमला आदिले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्