कारागारलाई रेडक्रसको सहयोग
नेपालबहस संवाददाता
चैत ११, २०७६ बुधबार १:३२:४
११ चैत्र, काठमाडौं । बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ । जस अनुसार हिजो केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी सामग्रीहरु सहयोग गरिएको छ ।
कारागार व्वस्थापनको अनुरोधमा नेपाल रेडक्रसबाट हिजो ९ गते केन्द्रीय कारागारमा १० थान टेन्ट उपलव्ध गराई जडान गरिएको छ । केन्द्रीय कारागारमा विरामीहरु भएमा छुट्टै राख्नका लागि बेडहरुको व्यवस्था नभएकोले सो सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए । साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्रहरु बन्दी तथा कर्मचारीहरुलाई हिजै वितरण गरिएको छ ।
ती दुई कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरुलाई मास्क लगाउने, नियमित ज्वरो नाप्ने र हात धुनका लागि सावुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती रहेको छ ।
त्यसैगरी कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ । पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमणपछि बन्दीहरुलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार