आज देशभर आंशिक बदली
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १४:३७:५
१२ चैत्र, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका अधिकांश क्षेत्रको मौसम आंशिक बदली हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा केही बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाका अनुसार अहिले देशको मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली भएको छ । बुधबार दिउँसो मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति पश्चिम क्षेत्रमा सामान्य बदली तथा अरु क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पूर्वी पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्वी र मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र १२ गते (बुधबार)
दिउँसोः देशको मध्य र पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि रहनेछ।देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
चैत्र १३ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
चैत्र १४ गते (शुक्रबार)
दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि र पूर्वी पहाडी भू-भागका एक-दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार