कोरोनाविरुद्ध लड्न आर्सनलको सहयोग
Advertisement

१२ चैत्र, एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले कोरोना भाईरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छ । आर्सनलले कोरोनाविरुद्ध लड्न १ लाख पाउण्ड सहयोग गरेको हो ।

द आर्सनल फाउन्डेसनले कोरोनाविरुद्ध लडिरहेको स्थानीय परोपकारी संस्था र संस्थाहरूलाई उक्त सहयोग दिएको जनाएको छ । सामाजिक उत्तरदायीत्व वहाँ गर्ने उदेश्यले उक्त रकम सहयोग गरिएको आर्सनलले जनाएको छ।

चीनबाट फैलिएको कोरोनाको कारण विश्व खेलकुद ठप्प रहेको छ । तर, विश्वका क्लब र खेलाडीले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गर्दै आइरहेको छ ।

Advertisement

आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई समेत कोरोनाको संक्रमण देखिएको छ । तर, अर्टेटा पूर्णरुपमा ठिक भईसकेका छन्।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्