कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १८:२९:२३
१२ चैत्र, जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कार्यालयमा आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राउतले कोरोना भाइरस नियन्त्रणका लागि गरिएका तयारीबारे जानकारी लिएका थिए । साथै आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराए ।
उक्त बैठकमा निमित प्रमुख सचिव नारायण दवाडी, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो । यसैबीच, कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सामाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि छन् ।
सामाजिक विकास मन्त्रालयले धनुषाको नगराइनस्थित आयुर्वेद मेडिकल कलेजमा ५०, जनकपुरस्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन अवस्थामा रहेको भवनमा ५० र जानकी मेडिकल शिक्षण अस्पतालमा ६० श्ययाको क्वारेन्टाइन स्थापना गर्न लागिएको जानकारी गराएको छ । साथै वीरगञ्ज, सिरहाको धनगढी, सप्तरी र रौटहत जिल्लामा क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार