बिक्रीवितरणको समय कम भयोः व्यवसायी
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २१:९:५३
१२ चैत,चिप्लेढुङ्गा । कोरोना भाइरसको सङ्क्रमण र रोकथामका लागि सरकारले अवलम्बन गरेको लकडाउनले अत्यावश्यक वस्तुको कृत्रिम अभाव र महँगी हुन सक्ने विचार गरी प्रदेश सरकारले बजारको आकस्मिक अनुगमन गरेको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखराको शान्तिवनस्थित कृषि उपज बजारको आकस्मिक अनुगमन गर्दै बजारमा पर्याप्त तरकारी र फलफूल रहेको तर बिक्रीवितरणको समय कम भएको व्यवसायीको गुनासो रहेको बताए । “अहिले बिहान ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा मात्रै बजार खुल्ने गरेको छ तर यो अवधि पर्याप्त नभएको र झन् भीड भएको व्यवसायीको गुनासो छ, हामी यसमा पुनर्विचार गरेर समस्या समाधानको पहल गर्नेछौँ । अहिले तरकारी, फलफूलको आपूर्ति र मूल्यमा त्यस्तो समस्या छैन ”
उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले अत्यावश्यक वस्तुभित्र तरकारी, फलफूल, दूध पनि पर्ने भएकाले यसको आपूर्ति र बिक्रीवितरणको अवस्था बुझ्न र जानकारी लिन अनुगमन गरिएको बताए । “तरकारी फलफूलको दैनिक आवश्यक वस्तु हुन्, सहज आपूर्ति भएन भने बिग्रन सक्छ, तसर्थ सहज आपूर्तिको उपयुक्त विकल्प के हुन सक्छ भनेर अनुगमन गरिएको हो ।” कृषि बजारको थोक मूल्य १५ दिनअघि र अहिलेको मूल्य एउटै रहेको उनको भनाइ छ । “बजारमा १५ दिनसम्म पुग्ने तरकारी, फलफूल छन् । अब फुुटकरमा कसरी बिक्रीवितरण हुन्छ त्यसको पनि निगरानी गरेर बढी मूल्यमा बेचेको पाइए नियन्त्रणमा लिएर कारवाही हुन्छ ”, उनले भने ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले अनुगमनका क्रममा अत्यावश्यक वस्तुको अभाव र मूल्यवृद्धि नदेखिएको बताए । “बाहिर जस्तो खालको हल्ला छ, बजारम त्यस्तो पाएनौँ, तरकारी प्रशस्त छ, मूल्य पनि यथावत् नै छ ।” उनले उपभोग्य वस्तु प्रशस्त उपलब्ध भए पनि केही व्यक्तिले अत्यधिक खरीद गरिदिँदा केही समस्या देखिएको बताए ।
कृषि उपज बजारका व्यवसायी राजकुमार गुप्ताले बङ्गलादेश र भारतदेखि आएका सामान बीचमा अड्किएको र बिक्रीवतरणका लागि दुई घण्टाको अवधि थोरै भएको बताए । “ जम्मा दुई घण्टा भयो बिहान ४ बजेदेखि ८ बजेसम्म, स्वास्थ्य सतकर्ततासहित सावधानी अपनाएर बिक्रीवितरण गर्न वातावरण भए तरकारी फलफूलहरु वितरण सहज हुन्थ्यो र कुहिएर फाल्नु पर्ने अवस्था आउँदैनथ्यो ।”
।कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले तरकारी र फलफूल छिट्ट बिग्रने भएकाले यसको बिक्रीवितरणमा उच्च स्वास्थ्य सतर्कता अपनाएर वितरणमा सहज बनाउन सकिने बताए । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीलगायतको टोलीले अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन गरेको हो । टोलीले कास्कीको कृषि उपज बजार र दुग्ध उद्योग पनि अनुगमन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार