राजपाका सांसदले १५ दिनको तलब दिने
Advertisement

१२ चैत्र, काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस ‘कोभिड–१९’ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन बमोजिम सांसदले १५ दिनको तलव दिने भएका पार्टीका महासचिव केशव झाले जानकारी दिए।

राजपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी हाल १८ सांसद छन । यसअघि राजपाले विज्ञप्ति निकालेर कोभिडको सङ्क्रमण नियन्त्रणका लागि सरोकार भएका सबैलाई एकजुट हुन अपिल गरेको थियो ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्