टेलिकमले रिचार्ज बराबर बोनस रकम दिने तर ऋण सापटीमा भने अटेरी
Advertisement

१२ चैत्र, काठमाडौं । नेपाल टेलिकमले आज राति १२ बजेबाट एकहप्ताका लागि रिचार्ज गरे बराबर बोनस दिने भएको छ । नेपाल टेलिकमको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हिजो दिएको निर्देशन बमोजिम यस्तो व्यवस्था गर्न लागिएको हो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार, हाललाई रिचार्ज बराबर बोनस थप्ने निर्णय गरिएको छ । यसरी उपलव्ध गराइने बोनस ग्राहकले सरकारले गरेको लकडाउन अवधिभित्रै प्रयोग गरिसक्नु पर्ने उनले स्पष्ट पारेका छन् । ग्राहकले निर्धारित अवधिमा बोनस बराबरको रकम खर्च गरेन भने पछि स्वत कटौती हुने छ – अधिकारीले भने ।

प्राधिकरणले बोनसका साथै ग्राहकलाई दुईसय रुपैयाँ ऋण सापटी दिन समेत निर्देशन दिएको थियो । टेलिकमले हाललाई उक्त निर्देशन भने पालना नगर्ने भएको छ । प्रबन्ध निर्देशक अधिकारी भन्छन्– ऋण सापटी स्कीममा भने ग्राहकको खासै रुचि नदेखिएकाले हाललाई यो व्यवस्था नगर्ने निर्णय भएको हो ।

Advertisement

लकडाउनका कारण आम उपभोक्तालाई रिर्चाज गर्न मै समस्या भईरहेका बेला प्रबन्ध निर्देशक अधिकारी भने ऋण सापटीमा ग्राहकको रुची नै नभएको मनगढन्ते कुरा गरेर सरकारको निर्देशनलाई अवज्ञा गरेका छन् । प्राधिकरणले नेपाल टेलिकमका साथै अन्य सेवा प्रदायकलाई समेत यस्तो निर्देशन जारी गरको थियो । तर एनसेल र स्मार्ट टलिकमले भने हालसम्म कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्