क्वारेन्टाइनका लागि नेकपाले दियो कार्यालय भवन
नेपालबहस संवाददाता
चैत १२, २०७६ बिहिबार १:५:३३
१२ चैत, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण मूलुकमा स्वास्थ्य सङ्कट सिर्जना भएको अवस्थामा राज्यलाई साथ दिनुपर्ने बेला आएकाले दिक्तेलको भवनगैरामा रहेको पुष्पपाल स्मृति भवनलाई क्वारेन्टाइनका रुपमा उपयोग गर्न उपलब्ध गराउने घोषणा गरेको हो ।
नेकपाका जिल्ला अध्यक्ष देवान किराँती र सचिव रामप्रसाद दंगालको संयुक्त हस्ताक्षर भएको प्रेस विज्ञप्ति जारी गर्दै सङ्कटको घडीमा राज्यका हरेक कदममा साथ दिनु राजनीतिक पार्टी, संघसंस्था र जनताको दायित्व भएकाले आवश्यक परेको अवस्थामा क्वारेन्टाइनका रुपमा उपयोगका लागि आफ्नै पार्टी कार्यालय दिने घोषणा गरिएको छ । नेकपाको यस घोषणासँगै तीन तले पक्की भवन क्वारेन्टाइनका लागि उपयोग गर्न सकिने भएको छ ।
“मूलुकमा यसबेला स्वास्थ्य सङ्कटकाल लागू भएको छ, सम्पूर्ण सम्पत्तीमाथि राज्यको नियन्त्रण हुन्छ, राज्यले आवश्यक ठानेको अवस्थामा निजी सम्पत्ति उपयोग गर्न सक्छ”, विज्ञप्तिमा भनिएको छ, “संकटको यो घडीमा राज्यलाई साथ दिनु सबैको दायित्व हो, यो महामारीको सामना गर्न राज्यलाई जस्तोसुकै सहयोग गर्न प्रतिवद्ध छौँ ।”
नेकपाले संकटको यो घडीमा सरकारलाई सहयोग गर्न जिल्लावासीमा समेत अपिल गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरेर दश स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार