लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढी प्रहरीको नियन्त्रणमा
Advertisement

१३ चैत, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

नियन्त्रणमा रहेकाहरुलाई लकडाउनको औचित्यका बारेमा ३० मिनेट कक्षा लिएर पठाउने गरिएको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही चलाइने सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले बताए ।

Advertisement

नागरिककै हितका निम्ति कोरोना भाइरस सङ्क्रमणबाट बचाउन गरिएको लकडाउन पूर्णरुपमा पालन गर्न आग्रह गर्दै कडाइका साथ सीमा क्षेत्रमा प्रहरी परिचालन गरिने जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएका छन् ।

Advertisement
अघिल्लो लेखआज पश्चिमी, मध्य र पूर्वमा पानी पर्ने
अर्को लेखकोरोना भाइरस सम्पूर्ण मानवजातिका लागि खतरा : एन्टोनियो गुटेरस
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्