अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री पीपीइ सहयोग
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार १६:५९:३९
१३ चैत, तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री पीपीइ सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्यरूपमा लगाउनुपर्ने पिपीइ सहयोग गरेको हो ।
नगरप्रमुख किसान गुरुङले एक थान पीपीइ र एक थान थर्मलगन उपचार केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठलाई बुधबार हस्तान्तरण गरेका छन् । शङ्कास्पद बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मी पनि सुरक्षित रहनुपर्ने भएकाले नगरपालिकाको तर्फबाट उक्त सामग्री प्रदान गरिएको नगरप्रमुख गुरुङले जानकारी दिएका छन् ।
कोरोना भाइरसको शङ्कास्पद बिरामी र अन्य रोगका बिरामीको स्वास्थ्य परीक्षण गर्दा सुरक्षित हुन पीपीइले सहयोग पुग्ने अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिएका छन् । उनले यस्ता सामग्री पर्याप्त भएमा स्वास्थ्यकर्मीको मनोबल उच्च भई उपचारमा लाग्न प्रेरित हुने बताएका छन् ।
आइसोलेसन कक्ष स्थापना
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको हो ।
अस्पतालमा कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि बाह्र श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । आइसोलेसन कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ ।
बन्दीपुर गाउँपालिकाले पनि बन्दीपुर अस्पतालका स्वास्थ्यकर्मीलाई तीन थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) उपलब्ध गराएको छ । कोरोना सङ्क्रमित बिरामीको सुरक्षितरूपमा स्वास्थ्य परीक्षण गर्नका लागि सामग्री उपलब्ध गराएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिएका छन् । बन्दीपुर अस्पतालमा आठ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ । लकडाउनको अवधिमा राजमार्गमा सञ्चालन हुने अत्यावश्यक सवारी साधनका चालकको पनि थर्मलगनबाट तापक्रम नाप्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिएका छन्।
यस्तै व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा आठ, म्याग्दे गाउँपालिकास्थित जामुने स्वास्थ्यचौकीमा पाँच, शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पतालमा चार, घिरिङ गाउँपालिकास्थित स्वास्थ्यचौकीमा दुई र देवघाट गाउँपालिकास्थित धर्मार्थ अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष तयार भइसकेको बताइएको छ ।
आदेश उल्लङ्घन गर्ने १७० सवारीसाधन नियन्त्रण
नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १७० सवारी साधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानबाट उक्त सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रहरीले लकडाउन उल्लङ्घन गर्ने १०९ मोटरसाइकल, ५५ स्कुटर, दुई ट्रक, एक कार, एक भ्यान, एक ट्र्याक्टर र एक रिक्सा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिएका छन् । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीप, कास्कीको सिमाना कोत्रेबजार, सदरमुकाम दमौलीलगायत राजमार्ग क्षेत्रका सात स्थानमा कडाइका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।
कोभिड–१९ रोकथामका लागि सरकारको आदेश नमानी अटेर गरी सवारी साधन सञ्चालन गर्नेलाई साधन नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार