व्यवसायी र उपभोक्ताको गुनासो सुन्न हेल्प डेस्क
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार २२:३९:४
१३ चैत्र, पोखरा । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत् गरेको छ ।
पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए । हेल्प डेस्कमार्फत बजार आपूर्तिको समस्या, व्यवसायीको स्वास्थ्य सुरक्षालगायतमा सरकारसँग समन्वय गरिने उनले बताए ।
सँगै अगाडि बढौँ भन्ने नाराका साथ व्यावसायिक हेल्प डेस्क सञ्चालनमा ल्याइएको र टोल फ्री नम्बरमा फोन गर्दा पैसा नलाग्ने उहाँले जानकारी दिए । थप सङ्क्रमण हुन नदिन सरकारले लकडाउन गरेपछि कास्कीमा बजार आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन ध्यान दिने बताउँदै उहाँले माक्स सेनिटाइजर, साबुन, एलपी ग्यासको सहज आपूर्तिका लागि सहजीकरण गरिने बताए ।
सहज आपूर्ति व्यवस्थापनका लागि गुनासो एवं समस्या भएमा र कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि पहल र सहजीकरणका लागि चेम्बरको तर्फबाट वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिसमेत गठन गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल
बैशाख ६, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा बैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
भारतमा निर्मित आईफोनको निर्यात एकै वर्षमा दोब्बर
बैशाख ६, २०८१ बिहिबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार