कालोबजारी सिर्जना गरे ११४९ मा फोन गर्नुस
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार ०:७:२
१३ चैत्र, काठमाडौं । सरकारले कालोबजारी र कृत्रिम अभाव सृजना गरेको चाल पाए टोलफ्रि नम्बर ११४९ नम्बरमा फोन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । कोभिड–१९ फैलने सम्भावनालाई मध्यनगर गरी यही चैत ११ गतेदेखि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको अवस्थामा उपभोक्तामा सहज आपूर्तिको व्यवस्था गर्न सरकारले व्यवसायिलाई आग्रह गरेको छ ।
“कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्य वस्तुको अभाव पार्ने गरेको देखिएमा तत्कालै खबर गर्न अनुरोध छ”, गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । वर्तमान जटिल घडीमा कुनै समस्या परे त्यसको समाधानका लागि गृह मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोलफ्रि नम्बर ११४९ मा फोन गर्न आग्रह गरिएको छ ।
नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छ बुँदे निर्णय गर्दै काठमाडौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य बस्तु सबै विक्रेताले आआफ्ना डेलिभरी सवारीमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यसका लागि सवारी पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।
पसल सञ्चालन, माग सङ्कलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्नेछ । माग सङ्कलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै विक्रेताले आआफ्नो नम्बर उपलब्ध गराइ प्रचारप्रसार गर्न समेत भनिएको छ । फोन, अनलाईन र अफलाइनमार्फत माग सङ्कलन गरी आवश्यक दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न व्यवसायिलाई अनुरोध गरिएको छ ।
दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउन सबै वडा कार्यालयबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका तथा नगरपालिकाले मिलाउने जनाइएको छ ।उपत्यका बाहिर रहेका अत्यावश्यक बस्तुका हकमा बिक्रेताले आवश्यक व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले सहयोग गर्ने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार