‘लक डाउन’ अवधिभर एनआईसी एशियाको सहायता केन्द्र
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार ४:१९:५३
१३ चैत्र, रुपन्देही । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले बताए ।
कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै ‘लक डाउन’ गरेपछि ग्राहकले घरभित्रैबाट आफ्ना गुनासो राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । बैंकले प्रदेश कार्यालयका साथै प्रदेश नं ५ का छ स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । ग्राहक सेवा केन्द्रअन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख कार्कीका साथै महेश घिमिरे र प्रकाश पन्थीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।
त्यस्तै भैरहवा एसपिओ कार्यालयका लागि राजनप्रसाद पोखरेल, सुरज पौडेल र वसन्त भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने बुटवल एसपिओका लागि दीपक आचार्य, सञ्जीव खड्का र तिलक खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।
ग्राहक सहायता केन्द्रअन्तर्गत नेपालगञ्ज एसपिओ कार्यालयका लागि माधव बेल्बासे, अशोक तिमिल्सेना र राकेश केसीलाई जिम्मेवारी दिइएको छ भने बुटवल देवीनगर एसपिओका लागि रामकृष्ण काफ्ले, विनोद पोखरेल र अर्जुन तिमिल्सेनालाई जिम्मेवारी दिइएको छ । त्यस्तै घोराही दाङ एसपिओका लागि दीपक अर्याल, विजय रक्साली, राजेन्द्र सिंह र सुरज श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको बैंकका प्रदेश कार्यालय प्रमुख कार्कीले बताए ।
लक डाउनको समयमा ग्राहकलाई पैसाको आवश्यकता परे प्रदेश नं ५ अन्तर्गत खुला रहेका ६७ एटीएमबाट सेवा लिनसक्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए । एनआईसी एशियाले बुटवलमा १४, भैरहवामा पाँच र तिलोत्तमामा आठ एटीएम सेवा प्रदान गरेको छ ।
त्यस्तै शाइनरेसुङ्गा डेभलपमेन्ट बैंकले लकडाउनका अवधिमा पनि ग्राहक बैंकिङ सेवाबाट वञ्चित हुन नपरोस् भनेर बुटवलको ट्राफिकचोक, योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ः०० बजेसम्मका लागि खुला गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकताअनुसार सम्बन्धित जिल्लामा रहेका शाखाबाट सेवा प्रदान गरेको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार