स्याङ्जाको आकाशमा उल्का जस्तै चम्किलो वस्तु, आकाशीय पिण्डमा आगोको मुस्लो
Advertisement

१३ चैत्र,स्याङ्जा । नेपाल मात्र होइन विश्व नै कोरोनामय भैरहेको बेला आज अचानक स्याङ्जा लगायत पश्चिम क्षेत्रमा उल्का ग्रहजस्तो देखिने अजीवको चित्र आकाशमा देखिएको छ । आज साझँपख स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, पोखरा, बाग्लङ, पर्वत लगायतका स्थानीयबासीहरुले आकाशमा ज्वालासहितको रकेट जस्तो विमान देखापरेको बताएका छन् । बिहीबार साँझ करिब सवा ८ बजेको समयमा आकाशमा ज्वालासहितको उक्त वस्तु देखापछि स्थानिय नागरिक त्रसित भएका छन् ।

आकाशमा ज्वालासहितको उक्त रकेट उत्तरपूर्वबाट दक्षिणपश्चिमतर्फ गएको स्थानीयले नेपालबहस डटकमलाई जानकारी दिए । आकाशीय पिण्डजस्तो लाग्ने सो चिज उज्यालो र आवाजसहित स्याङ्जा र पाल्पाको पूर्वी सीमानामा देखा परेको सीता डोटेलले सामाजिक सञ्जाल फेसवुकमा लेखेकी छन् ।

त्यस्तै पत्रकार एवं नेपाल प्रेस यूनियन स्याङ्जाका पूर्वअध्यक्ष श्रीकृष्ण सिग्देलले आज राती आकाशबाट उज्यालो बत्ती झर्‍यो भन्ने हल्ला आयो । यो उल्का हो भन्ने पनि कथन भयो । कसैले गह्रौ सुर, कसैले गुल्मी र कसैले बागलुङ भन्ने बुझियो भन्दै सामाजिक सञ्जालमा जिज्ञासा राखेका छन् । त्यस्तै पत्रकार प्रकाश डुम्रेले पनि आफ्नो फेसवुक वालमा केही मिनेट अगाडि पश्चिम नेपालको आकाशमा एउटा चम्किलो वस्तु अस्वभाविक तिव्रतामा उज्यालो छर्दै पृथ्वीतर्फ झरेको देखियो, यो के होला ? भनि प्रश्न गरेका छन् ।

Advertisement

हिन्दी फिल्म क्रिसमा अर्को ग्रहको जीव पृथ्वीमा आएको कथा जस्तो अचानक यस क्षेत्रमा देखा पर्नु र ठूलो आवाजसहित पड्केको भन्नुले ठूलै रहस्य सिर्जना गरिदिएको छ । यो विषय यस क्षेत्रका बासिन्दाहरु बीच सामाजिक सञ्जालमा भाइरल भएको छ ।

खासमा त्यो Asteriod हो जुन झण्डै ३९० मि. १२८० फिट चौडा हुने र मार्च २६ अर्थात आज ५३,००० माइलको गतिमा पृथ्वीको नजिकबाट जाने कुरा नासाले २३ मार्च अर्थात ३ दिन अघि प्रक्षेपण गरेको थियो । जसको नाम बैज्ञानिकहरुले – 2012 XA133 दिएका थिए । पृथ्वीको केन्द्रबाट करिब ४.१ मिलियन माईल टाढाबाट गएको यसले कुनै हानीनोक्सानी पुर्याउदैन भनेर नाासाले पहिल्यै जानकारी दिईसकेको थियो । त्यसैले डराउन आवश्यक  नभएकाे बताइएकाे छ ।

याे ५ नं प्रदेश र गण्डक क्षेत्रका सबै स्थानबाट देखिएको हुनुपर्छ । यस क्षेत्रका मानिसहरुले निक्कै धेरै वर्षपछि यति नजिकबाट यसलाई हेर्ने मौका पाएका छन । अर्घाखाँची गुल्मी पाल्पाकाले यतै सकियो जस्तो माने भने बाग्लुङ , पर्वत र म्याग्दीकाले कुनै ठाँउमा खसेझै माने ।  रुपन्देही, कपिलवस्तु र दाङसम्मले उस्तै मानेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्