क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा गर्न मुख्यमन्त्रीको आग्रह
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १४:८:२१
१४ चैत्र, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा हुनुपर्ने बताएका छन् ।
सो प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा स्थापित क्वारेन्टाइनस्थलको बिहीबार साँझ अनुगमन गर्दै उनले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कुनै पनि वस्तुको अभाव हुन नदिन र आवश्यकतानुसारको सुविधा प्रदान गर्न निर्देशन दिए।
मुख्यमन्त्री गुरुङले भवन, क्वारेन्टाइनमा रहेका श्यया, क्षमता र सुविधालगायतबारे जानकारी लिँदै सङ्क्रमणविरुद्धको लडाइँमा सरकारले केही कमी हुन नदिने र स्वास्थ्यकर्मीलाई समेत उच्च मनोवलका साथ लाग्न आग्रह गरेका थिए ।
तालिम केन्द्रको दुई भवनमा गरी ४८ जना क्षमता रहेको सो क्वारेन्टाइनमा हाल विदेशबाट फर्किएका तथा नेपालको पूर्वी सीमाबाट पोखरा आएका गरी १७ जनालाई राखिएको छ । प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री गुरुङको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय निर्देशक समितिको यही चैत १० गतेको बैठकले कृषि तालिम केन्द्रसँगै वन, शिक्षा र सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन केन्द्र लामापाटनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत १० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ । सङ्क्रमण रोक्न पोखरा महानगरपालिकासहित अन्नपूर्ण, रुपा र माछापुच्छे गाउँपालिकाले समेत क्वारेन्टाइन स्थापना गरी पहिलो चरण वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई राखिएको छ ।
गण्डकी प्रदेशबाट हालसम्म १५ शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि पठाइएकामा १३ जनाको नतिजा नेगेटिभ आएको र दुई जनाको नतिजा आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार