दोलखालीलाई खुशीको खबर : पाँचै जनामा कोरोना नभएको पुष्टि
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १४:३९:२७
१४ चैत्र, चरिकोट । कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमध्ये कोरोनाको आशङ्कामा पाँच जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएकामा पाँचै जनाको रिर्पोट नेगेटिभ देखिएको दोलखाका जनस्वास्थ्य अधिकृत विभु झाले बताए
स्थानीय तहमा एम्बुलेन्स तयारी
कारोना भाइरस रोकथामका लागि जिल्लाका स्थानीय तहले विभिन्न ठाउँमा ५९ श्ययाको आइसोलेसन निर्माण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले ५९ श्ययाको आइसोलेशन र २१० क्वारेन्टाइन निर्माण गरिएको बताए । जिल्लामा हाल स्वाथ्यकर्मीले सुरक्षाका लागि लगाउने पिपीइ ४८ थान, थर्मलगन २० थान रहेको र २७ एम्बुलेन्स तयारी अवस्थामा रहेको उनले बताए ।
स्थानीय तहअन्तर्गत गौरीशङ्कर गाउँपालिकाले छ श्यया, शैलुङले आठ श्यया, कालिन्चोक र तामाकोशीले पाँच÷पाँच श्यया, वैत्येश्वरले दुई श्यया, भीमेश्वरले श्यया, विगुले १० श्यया र जिरीले दुई श्यया आइसोलेसन निर्माण गरेको छ । स्थानीय तहबाहेक जिल्लामा रहेका निजी अस्पताल च्छोरोल्पा अस्पतालले छ श्यया, दोलखा सामुदायिक अस्पतालले दुई श्यया र धुलिखेल अस्पतलले पाँच श्ययाको आइसोलेसन निर्माण गरेको छ ।
आइसोलेशन निर्माणका साथै हरेक स्थानीय तहमा औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था रहेको र आवश्यकताहरुको ठाउँहरुमा समन्वय गरी औषधि उपकरणहरु व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले बताए ।
तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले कोरोना भाइसरको रोकथामका लागि स्थानीय तहमा औषधि उपकरण र स्वास्थ्यकर्मी उपलब्ध गराउनाका साथै नागरिकलाई सचेतनालगायतका काम भइरहेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार