तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २३:६:१
१४ चैत्र, एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो ।
उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी अर्थव्यवस्थामा पारेको क्षतिलाई आश्चर्यजनक रुपमा प्रतिबिम्ब गरेको छ । बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरुको संख्याले प्रायः रोजगार गुमेको अवस्थालाई नै प्रतिबिम्बित गर्दछ ।
बेरोजगारी बढ्दै गएमा अमेरिकी अर्थव्यवस्था मन्दीतर्फ जाने खतरा रहेको विश्लेषकहरुको भनाई छ । अहिले रेस्टुरेन्ट, होटल, चलचित्र थिएटर, जिम र एयरलाइन्सको आम्दानी नाटकीय रुपमा संकुचित भएको छ । गाडीको बिक्री घट्ने क्रममा छ, र कार निर्माताहरूले कारखाना बन्द गरेका छन् । प्रायः त्यस्ता रोजगारदातामाथि ऋण भुक्तान र अन्य खर्च व्यहोर्नु पर्ने चुनौती छ । त्यसैले उनीहरू पैसा बचत गर्न रोजगारी कटौती गरिरहेका छन् ।
रोजगारी गुम्नेक्रम यथावत् रहेको भन्दै केही अर्थशास्त्रीहरु आगामी मे महिनासम्ममा अमेरिकी बेरोजगारी दर १३ प्रतिशतसम्म पुग्न सक्ने बताउँछन् । तुलना गरेर हेर्दा सन् २००९ मा समाप्त भएको ठूलो आर्थिक मन्दीमा पनि बेरोजगारी दर उच्चतम १० प्रतिशत मात्र थियो ।
“दुई हप्ताअघि असम्भव जस्तो देखिए पनि अहिले त्यो वास्तविकतामा परिणत भएको छ,” अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री न्यान्सी भान्डेन हौटेनले बताए । “अमेरिकी अर्थतन्त्रले बेरोजगारीको तीव्र बृद्धिसँगै सबैभन्दा ठूलो आर्थिक सङ्कुचन अनुभव गर्नेछ ।”
आर्थिक मन्दी द्रुत गतिमा भएको छ । गत फेब्रुअरीमा मात्र बेरोजगारी दर ५० वर्षकै न्यून अर्थात् ३.५ प्रतिशतमा झरेको थियो । अर्थव्यवस्था पनि स्थिरता अघि बढेको थियो । केही अर्थशास्त्रीहरू विचारमा यस वर्षको अप्रिल–जुनको अवधिमा अमेरिकी अर्थतन्त्र अहिलेसम्मको सबैभन्दा तीव्र वार्षिक गतिमा संकुचित हुनेछ । र यो संकुचन ३० प्रतिशतसम्म पुग्न सक्नेछ ।
श्रम विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गत साता ३२ लाख ८३ हजारले बेरोजगारी भत्ताका लागि आवेदन गरेको उल्लेख छ । अघिल्लो साता यो संख्या २ लाख ८२ हजार मात्र थियो । राज्यका वेबसाइट र फोन प्रणालीले राम्रोसँग काम नगरेकाले पनि अझै ठूलो संख्याका नयाँ बेरोजगारहरुले आवेदन गर्न सकेका छैनन् ।
कम्पनीबाट जागिर गुमाएका तलबी कामदार, स्वतन्त्र कामकाजी पेशाकर्मी र स्वरोजगार व्यक्तिले वर्तमान अवस्थामा बेरोजगारी भत्ताका लागि आवेदन गर्न योग्य हुने छैनन् । बेरोजगार भत्ताका लागि ठूलो संख्यामा आवेदन दिएको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विषम परिस्थितिमा यस्तो हुनु स्वाभाविक रहेको बताएका छन् । “हाम्रो क्षमता छ, हामी चाँडै शसक्त भएर अघि आउने छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार