त्रासका कारण दैनिक र साप्ताहिक पत्रिका बन्द
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार १९:२१:४
१५ चैत्र, इनरुवा । लकडाउनका कारण सुनसरी सदरमुकाम इनरुवाबाट दैनिक र साप्ताहिक रुपमा प्रकाशन हुँदै आएका पत्रिका बन्द भएका छन् । सरकारले लागु गरेको लकडान कार्यक्रमलाई प्रभावकारी बनाउन र कोरोना भाइरसको त्रासका कारण इनरुवाबाट दैनिक रुपमा प्रकाशन हुँदै आएका पत्रिका बन्द भएको हो ।
इनरुवाबाट दैनिक रुपमा प्रकाशन हुँदै आएका जनशताब्दी दैनिक, प्रतिक्षण दैनिक, वर्णमाला दैनिक र पपुलर न्युज सप्ताहिक पत्रिका बन्द भएको जनशताब्दी दैनिकका प्रकाशक÷सम्पादक प्रमोद यादवले बताए ।
हरिनगरमा क्वारेन्टाइन निर्माण
कोभिड –१९ सङ्क्रमित भेटिएमा उनीहरुको निगरानी तथा उपचारको व्यवस्था मिलाउन सुनसरीको हरिनगर गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको छ । हरिनगर गाउँपालिका १ रामनगर भुटहामा रहेको बिजी अस्पतालमा ५० जना अट्ने क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।
कोभीड –१९ बाट कसरी बच्ने, यसबाट बच्नका लागि के के कुरामा ध्यान दिनेलगायत विषयमा स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम पनी संचालन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापाले बताए ।
घरघरमा निःशुल्क तरकारी
सुनसरी सदरमुकाम इनरुवाका युवाले निःशुल्क रुपमा घरघरमा तरकारी आपूर्ति अभियान शुरुआत गरेका छन् । लकडाउनको पालना गर्दा छाक टार्न समस्यामा परेका गरीब, असहाय र विपन्न परिवारलाई लक्ष्य गरी इनरुवाका दीपेश ढकाल, विवश पण्डित र प्रमेश पौडेलसहितका युवाले निःशुल्क तरकारी पु¥याउने अभियान शुरु गरेका हुन् ।
व्यक्तिगत रकम जम्मा गरी समस्यामा परेका परिवारलाई छाक टार्ने उद्येश्यले युवाको समूहले निःशुल्क रुपमा घरघरमा तरकारी पु¥याउने अभियान चलाएको य ढकालले बताए । अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरी र सुनसरी प्रहरीले अनुमतिसमेत प्रदान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुने वाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार