कांग्रेसले दिएका सुझाव कार्यान्वयन गरिँदै
नेपालबहस संवाददाता
चैत १५, २०७६ आइतबार २:२४:५०
१५ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका लागि दिएका सुझाव सरकारले कार्यान्वयन गर्ने जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलले भाइरसको नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका लागि सरकारले कार्यान्वयन गर्नुपर्ने विषय समेटेर ‘नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’का संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई शुक्रबार ज्ञापन पत्र बुझाएको थियो ।
कांग्रेसबाट प्राप्त सुझाव उपयोगी र सान्दर्भिक रहेको तथा कांग्रेसको साथ र सहयोगले सरकारलाई थप ऊर्जाका साथै आत्माबल दिएको उपप्रधानमन्त्री पोखरेलले बताए । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेलले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपरकण ‘पिपिइ’ लगायतका आवश्यक सामग्री आइतबारसम्म नेपाल आइपुग्ने र उक्त सामग्री सातै प्रदेशमा यथाशीघ्र वितरण गरिने बताएको प्रमुख सचेतक खाँणले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार