तापक्रम बढ्दै, दिउँसोपछि हावाहुरी चल्ने
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १६:४९:३५
१६ चैत्र, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने छ ।
अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएको तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने र अन्य ठाउँको मौसम भने सफा हुने छ । महाशाखाकाअनुसार तापक्रम बढ्दै गएकाले अब दिउँसोपछि हावाहुरीहावाहुरी चल्न थाल्ने छ ।
जमिनको सतह तातेपछि भूमरी बनेर हावाहुरी चल्ने मौसमी बुलेटिनमा उल्लेख छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरिकै तापक्रम बढ्दै गएको छ । शनिबार २९ डिग्री सेल्सियस पुगेको काठमाडौंको शनिबार दिउँसोको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र १६ गते (आइतबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।
रातीः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।
चैत्र १७ गते (सोमबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।
रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।
चैत्र १८ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित बर्षा हुन सक्ने देखीएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार