पाँचौ संक्रमितको उपचार बाग्लुङमै
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १९:२५:१
१६ चैत्र, बाग्लुङ । नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकी बाग्लुङकी किशोरीको आजबाट स्थानीय धौलागिरी अञ्चल अस्पतालमै उपचार शुरु भएको छ । हिजो मात्र पाँचौं संक्रमितको सूचीमा परेकी ती किशोरी बेल्जियमबाट दोहा हुँदै कतार एयरको जहाज चढी चैत ६ गते नेपाल आएकी थिइन् ।
काठमाडौं फर्किएलगत्तै उनी पोखराको उडान भर्दै सोही दिन माइक्रोबस चढेर बाग्लुङ पुगेकी थिइन् । अस्पतालका निर्देशक विनोदबन्धु शर्माका अनुसार, संक्रमित किशोरीको स्वास्थ्य अवस्था सामान्य छ । हाललाई उनको उपचार यहीं गर्ने निधो गरिएको छ, तर बीचमा कुनै समस्या आएको खण्डमा पोखरा वा काठमाडौं पठाउने तयारी भईरहेको जानकारी पनि डा. शर्माले दिएका छन् ।
आवश्यक प¥यो भने तत्कालै पठाउनका लागि एम्बुलेन्स लगायत स्वास्थ्य सामग्री तयार राखेका छौं भन्दै डा. शर्माले विरामीको अवस्था सामान्य रहेकाले आत्तिनु नपर्ने बताएका छन् । संक्रमित किशोरीसँगै अरु दुईजना पनि बेल्जियमदेखि नै आएका थिए ।
उनीहरुको रगतको नमूना परीक्षण गर्दा समस्या नदेखिएको तर थ्रोट स्वाब अर्थात घाँटीको ¥यालको समेत परीक्षण गर्न आज नमूना संकलन गरिएको उनले जानकारी दिएका छन् । साथै उनीहरुसँग यसबीचमा सम्पर्कमा आएकाहरुको समेत स्वास्थ्य परीक्षण गर्न स्थानीय निकायलाई आग्रह गरिएको जानकारी डा. शर्माले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार