कोभिड–१९ : बजार क्षेत्रमा किटनाशक औषधि छर्कियो
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार १२:५३:३७
१७ चैत्र, दमौली । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीको बजार क्षेत्रमा आइतबार किटनाशक औषधि छर्किएको छ । स्थानीय युवाहरुको सक्रियतामा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्किएको व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार तरकारी लाइन, पराशर टोल, महर्षि टोल, निमचोक टोललगायतका ठाउँमा किटनाशक औषधि छर्किएको र अन्य ठाउँमा पनि किटनाशक औषधि छर्किने तयारी गरिएको छ । “बढी भीडभाड हुने स्थान छनोट गरेर किटनाशक औषधि छर्किन शुरु गरेका हौँ”, उनले भने ।
दमौली निवासी लक्ष्मीभक्त खनाल, सुरेश पुरी, लक्ष्मण सुनार, मनोज पोखरेललगायतको संयुक्त लगानीमा किटनाशक औषधि खरिद गरी बजार क्षेत्रमा छर्किएको व्यास नगरपालिका–३ का वडा सदस्य रवीन पौडेलले बताए । औषधि छर्किनका लागि युवाहरु प्रकाश श्रेष्ठ, विश्व श्रेष्ठ, सुदीप काफ्ले, लक्ष्मीभक्त खनाललगायत खटिएका थिए ।
सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने बताइएको छ । यसैगरी व्यास नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न घरभित्रै बस्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
२३ घरपरिवारलाई खाद्यान्न वितरण
छिमेकी सहयोगी अभियानमार्फत तनहुँको व्यास नगरपालिका–१२ का २३ विपन्न परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको छ । अभियानमार्फत उक्त वडाका घर्ती, चेपाङ र तामाङ समुदायका २३ लगायत विपन्न परिवारलाई चामल वितरण गरिएको हो ।
व्यास युवा क्लब सञ्जाल दमौलीका अध्यक्ष गौरव पन्थ र सामाजिक युवा अभियन्ता लक्ष्मीभक्त खनालको संयुक्त पहलमा ती परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । आर्थिकरूपमा विपन्न रहेकाहरुलाई दमौली निवासी सुनिल घिमिरे र सुरेश घिमिरेबाट आठ बोरा चामल, श्याम मौरातीबाट पाँच बोरा चामल, सन्तोष गोदारबाट पाँच बोरा चामल र पोखरा निवासी अर्जुन केसीबाट पाँच बोरा चामल प्राप्त भएको थियो ।
दैनिक ज्यालादारी गरी छाक टार्ने र लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई सहयोग गरिएको सामाजिक युवा अभियन्ता खनालले जानकारी दिए। “आपत्कालीन अवस्थामा सबै काम ठप्प हुँदा व्यास नगर क्षेत्रभित्र समस्यामा पर्नेहरुलाई खानाको जोहो गर्ने उद्देश्यस्वरुप सहयोग अभियान शुरु गरेका छौँ”, खनालले भने, “दानवीरले गरेको सहयोग आपत्मा परेकालाई उपलब्ध गराउन हामी माध्यम बनेका हौँ ।”
चामल पाउनेमा व्यास नगरपालिका–१२ नन्दीमाया घर्ती, भीमबहादुर घर्ती, पूर्णबहादुर घर्ती, गोरे घर्ती, पुन्टे कामी, हर्क तामाङ, ललित तामाङ, सोमबहादुर तामाङ, मिलन तामाङ, नवे घर्ती, विकास घर्ती, मनिषा सुनार, रुन्ची घर्ती, अजित तामाङ, घले बुढा, कल्पना परियार, विमला परियार, मीरा परियार, मधु परियार, श्रीमाया गुरूङ, कान्छी गुरूङ, कुमार गुरूङ र पप्पु तामाङ रहेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार