रुघाखोकी र ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २०:५२:४८
१७ चैत्र, झिमरुक । कोरोना भाइरस ‘कोभिड—१९’ को सङ्क्रमण फैलन नदिनका लागि प्युठान अस्पतालले रुघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न थप सजगता अपनाउनका लागि अस्पतालले रुघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको हो । रुघाखोकी र ज्वरोका बिरामीलाई उपचार गर्ने र कोरोना भाइरसबाट सङ्क्रमित देखिएमा उनीहरुलाई उपचारका लागि आइसोलेशन कक्षमा पठाउने उद्देश्यले सो उपचार कक्ष स्थापना गरिएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा।अमृत पन्थीले जानकारी दिए । हालसम्म कोरोना भाइरसकाट सङ्क्रमित बिरामी नआएको उनले बताए ।
निमित्त सुपरिटेण्डेन्ट डा।पन्थीले अस्पतालले चार वटा आइसोलेशन वेड बनाएर तयारी अवस्थामा राखिएको उल्लेख गर्दै आवश्यकता परेमा त्यसलाई विस्तार गर्दै लैजाने बताउनुभयो । मौसमी रुघाखोकीका बिरामीहरुले पनि कोरोना भाइरसको आशंकामा बढी त्रसित हुने गरेको उनले बताए। सो अस्पतालमा छिमेकी जिल्ला रोल्पा, अर्घाखाँचीलगायत बिरामी उपचारका लागि आउने गरेका छन् ।
ज्वरोका बिरामी बढ्दै
ज्वरोका दैनिक १० देखि १५ जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । मौसम परिवर्तनसँगै अहिले रुखाखोकी र ज्वरोका बिरामी बढी देखिने गरेको डा।पन्थीले बताए ।
ओपिडी तथा ल्याव सेवा निःशुल्क
लकडाउनको समयमा अस्पतालमा आएका विरामीहरुका लागि ओपडी तथा ल्याव सेवा, औषधी समेत निःशुल्क प्रदान गरिँदै आएको अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा। पन्थीले बताए ।
कोरोना सङ्क्रमणको समयमा सरकारले गरेको लकडाउन शुरु भएदेखि निःशुल्क सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । साथै जिल्लामा रहेका दर्घिरोगीलाई आवश्यकताका आधारमा घरमै गएर उपचार गरिने डा। पन्थीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार