लकडाउनका कारण कुखुरा व्यवसाय समस्यामा
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २२:४२:४८
१७ चैत, मकवानपुर । कोरोना भाइरस नियन्त्रण गर्न घोषणा गरेको लकडाउनले मकवानपुरका कुखुरा व्यवसाय समस्यामा परेका छन् ।
कुखुरा पाल्ने तथा त्यसको फार्म चलाएर जीवनयापन चलाउने र व्यवसाय गर्ने कुखुरा व्यवसाय र किसान लकडाउनका कारण समस्यामा परेको गुनासो पाइएको छ । विभिन्न फार्ममा व्यवसायका लागि पालिएको कुखुरा बिक्री नहुने तथा बजारसम्म ढुवानी नहुँदा व्यवसायी चिन्तित छन् । साथै कुखुराको दाना, प्राविधिक तथा आवश्यक औषधिलगायत समस्याले व्यवसाय नै चौपट हुनेस्थित आएको हेटौँडा–१३ का कुखुरा व्यवसायी उर्मिला मगरले बताए ।
त्यस्तै बैंक तथा सहकारीबाट ऋण लिएर गरिरहेको कुखुरा व्यवसायबाट लगानीअनुसारको आम्दानी नहुँदा ब्याजसमेत तिर्न धौधौ परेको उनको भनाइ छ । कुखुरा व्यवसायमा समस्या परेपछि कुखुरा व्यवसाय सङ्घ मकवानपुरले प्रतिकेजी रु ५५ नोक्सानी व्यहोर्दै प्रतिकेजी जिउँदो कुखुराको मूल्य रु १२५ तोकिएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीका अनुसार एक केजी कुखुरा तयार गर्न रु १८० खर्च लाग्ने गरेको छ । तर बिक्री वितरणको कमीले सङ्घले जिउँदो कुखुराको मूल्य घटाएको जनाएको छ ।
उता जिउँदो कुखुराको मूल्य घटिरहेका बेला बजार उपभोक्ता मूल्य प्रतिकेजी कुखुराको मासु रु २५० कायम गरी बिक्री वितरण भइरहेको जितपुर मिटसपका सञ्चालक नसरुदिन मियाँले भने । पसल बिहान र साँझ खुल्ने कारणले व्यवसायमा समेत समस्या परेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार