कांग्रेस पार्टी कार्यालयमा क्वारेन्टाइन
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २३:४१:५७
१७ चैत्र, बर्दिया । कोरोना भाइरसको संक्रमणको जोखिम रहेको विपद्को यो अवस्थालाई मध्यनजर गर्दै नेपाली कांग्रेस बर्दियाले गुलरिया नगरपालिका बडा नं ६ मा रहेको पार्टी कार्यालय “कृष्ण दिव्य स्मृति भवन” लाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याउने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आफ्ना जिल्लाबासीलाई पनि सहजहोस् भन्ने उद्देश्यले गुलरियामा रहेको पार्टी कार्यालयमा नै क्वारेन्टाइन निर्माण गरिएको नेपाली कांग्रेस बर्दियाका सभापति एंव संघीय सांसद संजयकुमार गौतमले बताए ।
देश नै असहज परिस्थिति रहेको यो अवस्थामा थोरै भएपनि हातेमालो गर्ने हेतुले देश र जनताका लागि सधैं सहयोग गर्न तत्पर हामीले पार्टी कार्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेर आज स्थानीय गुलरिया नगरपालिका बडा नं ६ लाई हस्तान्तरण गरिएको सांसद गौतमको भनाई छ । १० जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको यो क्वारेन्टाइनका हरेक आर्थिकभार खानादेखि सम्पुर्णको व्यवस्थापन समेत पार्टी कार्यालयले नै गर्ने समेत गौतमले जानकारी दिए ।
सोमबार एक कार्यक्रमका बीच बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला र गुलरिया नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण गौतमको उपस्थितिमा गुलरिया नगरपालिका बडा नं ६ का बडा अध्यक्ष निरजकुमार शर्मालाई क्वारेन्टाइनको चावी हस्तान्तरण गरिएको थियो ।
बर्दियामा हालसम्म ८ सय भन्दा बढी भारत र अन्य देशबाट आएका नागरिकहरुको चेकचाज गरिएको र १ सय ४८ जना बर्दियाको बिभिन्न स्थानिय निकायको प्रयासमा खोलिएका क्वारेन्टाइन राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । क्वारेन्टाइनमा हालसम्म जिल्लामा २ सय ९३ बेडको व्यवस्था रहेको समेत प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिएका छन् ।
देशमा हालसम्म ५ जनामा कोरोना भाइरस संक्रमित देखिएको र बर्दियाको छिमेकी जिल्ला कैलाली एकजना कोरिया भाइरस पोजेटिभ देखिएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरि हिडडुलमा समेत बन्देज लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार