टोकियो ओलम्पिक अर्को वर्षको जुलाईमा हुने
नेपालबहस संवाददाता
चैत १७, २०७६ मंगलबार २:४९:२८
१७ चैत्र, एजेन्सी । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सोमवार टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ ।सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले नयाँ मिति तय गरेको हो ।
यसैवर्ष हुनेगरी पूर्व निर्धारित प्रतियोगिता कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण अर्को वर्षलाई सरेको हो । सारिएकोे मिति अनुसार टोकियो ओलम्पिक सन २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म चल्ने ओलम्पिक समितिले जनाएको छ । त्यसैगरी पारालम्पिक प्रतियोगिता सन् २०२१ कै अगस्ट २४ देखि सेटेम्वर ५ सम्म हुने तय गरिएको छ ।
यसअघि टोकियो ओलम्पिक यसैवर्षको जूलाई २४ देखि अगस्ट ९ सम्म र पारालम्पिक यसैवर्षको २५ अगस्ट देखि ६ सेटेम्वरसम्म हुने गरी निर्धारण गरिएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जारी गरेको वक्तव्यमा विश्यव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण खेलाडी, दर्शक, खेल पदाधिकारी, आयोजक र सहयोगीको स्वास्थ्यलाई ध्यान दिदै प्रतियोगिता अर्को वर्षलाई सार्नु परेको उल्लेख गरिएको छ ।
प्रतियोगिता यस वर्ष आयोजना गर्न टोकियोमा तयारीका धेरै कामहरु धमाधम भैरहेका थिए । तर केही समयदेखि तयारीका ती कामहरु कोरोना भाइरसका कारण अवरुद्ध भएकाले प्रतियोगिता अर्को वर्षलाई सार्नुपर्ने वाध्यता सृजना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार