ताजा अपडेट : कोरोनाबाट विश्वभर ३५ हजारको मृत्यु !
नेपालबहस संवाददाता
चैत १७, २०७६ मंगलबार ३:१८:४४
१७ चैत्र, एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म सात लाख ४३ हजार ३ सय ७० व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार सोमबार साँझसम्ममा ३५ हजार ३ सय ५२ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङ्क्रमणका कारण विश्वभर विगत २४ घण्टामा मात्रै एक हजार ४९ जनाको मृत्यु भएको अमेरिकास्थित जोन हकिन्स विश्वविद्यालयले सोमबार जानकारी गराएको छ । पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा अत्यधिक बढेको दखिएको छ । दुई हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा सङ्क्रमण भेटिने गरेकोमा यो सङ्ख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको सङ्क्रमण परीक्षण भएका कारण सङ्ख्या अत्यधिक बढेको जनाएको छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म १० हजार ७७९ व्यक्तिको मृत्यु भएको छ भने ९७ हजार ६८९ व्यक्ति सङ्क्रमित भएका छन् । स्पेनमा ८५ हजार १९५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ३४० जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ८१ हजार ४७० सङ्क्रमित भएकोमा तीन हजार ३०४ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ । चीनमा विगत २४ घण्टामा थप ३१ जना सङ्क्रमित भेटिएका र अधिकांश विदेशबाट चीन आएका व्यक्ति रहेका छन् भने यो अवधिमा चार जनाको मृत्यु भएको छ । चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोना सङ्क्रमण नियन्त्रणमा आइसकेको बताएको छ ।
जर्मनीमा सङ्क्रमित ६३ हजार ७९पुष्टि भएको छ भने ५४५ जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ सङ्क्रमण र दुई हजार ७५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १७४ व्यक्तिमा सङ्क्रमण, दुई हजार ६०६ जनाको मृत्यु, बेलायतमा १९ हजार ५२२ व्यक्तिमा सङ्क्रमण, एक हजार २२८ जनाको मृत्यु भएको छ ।
एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ । दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ५० सङ्क्रमित छन् भने २० जनाको मृत्यु भएको छ । भारतमा एक हजार ७१ जना सङ्क्रमित छन् भने २९ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार