आज देशभर पश्चिमी वायुको प्रभाव
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १५:७:४१
१८ चैत्र, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि देशमा पश्चिमी वायुको प्रभाव रहने जनाएको छ। देशको पश्चिमी भूभागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली र मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।
महाशाखाका अनुसार अहिले बिहानीपख देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। राति देशको पश्चिमी भूभागमा सामान्य बदली , मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।
पश्चिमी भूभागका थोरै स्थानहरुमा र मध्य र पूर्वका पहाडी भूभागका एक दुई स्थानमा मंगलबार राति मेघ गर्जन र हावाहुरीसहित वर्षा हुन सक्ने र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र १८ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/हावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ। हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |
चैत्र १९ गते (बुधबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |
रातीः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |
चैत्र २० गते (बिहीबार)
दिउँसोः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |
रातीः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/हावाहुरी सहित वर्षा हुन सक्ने देखिएको ले सर्वसाधारणमा सतर्कता अपनाउन हुन अनुरोध छ। साथै हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार