बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार २०:३६:५१
१८ चैत, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुममा आज बिहान बोलेरो पिकअप गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपिलाल पहरी र वडा नं। २ का २५ वर्षीया सङ्गीता पहरीको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।
गोपिलालको शिर मेमोरियल अस्पताल बनेपा र सङ्गीताको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताएका छन् । उनका अनुसार २७ जना घाइतेमध्ये बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँचजना र बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बिहान भक्तपुरबाट रामेछापको दोरम्बातर्फ आउँदै गरेको बा१४च ९४९८ नम्बरको बोलेरो पिकअप राकाथुममा पुग्दा सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा बालबालिकासहित गरेर ३० जना घाइते भएको र उपचारका लागि पठाएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताएका छन् । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार