‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार २३:५७:३३
१८ चैत्र, काठमाडौं । कोभिड –१९ को सङ्क्रमण रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश ‘लकडाउन’को समयमा यही चैत १४ र १५ गते चितवनको आँपटारीबाट ट्राफिक प्रहरीले १४ वटा ट्रकसहित १६ गाडी नियन्त्रणमा लियो । एउटा ट्रकसहित तीन गाडी भारतीय नम्बर प्लेटको थियो । उक्त गाडीमा लुकेर गएका ४७४ व्यक्ति कोचिएर यात्रा गरिरहेको अवस्थामा भेटिए ।
ट्रक काठमाडौंमा खाद्यान्न छाडेर फर्किएको थियो । भारतीय गाडी कसरी गयो प्रहरीलाई पनि पत्तो छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गाडीलाई आवश्यक जरिवाना तिराएर जहाँबाट मानिस ल्याएको हो, त्यहीँ फिर्ता गरिएको थियो ।
चैत १२ गते काठमाडौंबाट चितवन, हेटौँडा हुँदै वीरगञ्ज पुगेको ट्रकलाई पनि ७२ यात्रुसहित प्रहरीले नियन्त्रणमा लियो । यसरी जाने कतिपय मजदुर जबर्जस्ती गाडीमा चढेको पाइए पनि कतिपयले भने अनुचित लाभमा मजदुर जाने गरेको देखिएको प्रहरीले जनाएको छ । खाद्यान्नलगायत सामग्री लिएर आएका गाडी फर्किंदा यसरी मानिस बोक्न प्रयोग भएका देखिएको छ ।
अत्यावश्यक कामका लागि हिँडेका गाडीले आफ्नो प्रयोजनको दुरुपयोग गरेको आशङ्कामा प्रहरीले अहिले कडाइ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउछन। केही घटना देखिएपछि प्रहरीले टोली खटाएर अनुगमन थालेको बोगटीले बताए ।
उपत्यकाबाट बाहिरिने नाकामा विशेषगरी साँझ र रातिको समयमा यो क्रम अहिले पनि जारी छ । मालबाहक सवारीमा लुकिछिपी यात्रा बढ्दो छ । यस्ता सवारी रातारात गन्तव्यमा पुग्ने गरेका छन् । प्रहरीको फितलोपन देखिएको गुनासो बढेको छ । काठमाडौंको बल्खुमा गएराति पनि मानिसको बाक्लो भीडभाड थियो । महानगरीय प्रहरी वृत्त बल्खुका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद चौधरी तरकारी बोक्ने गाडीले मान्छे बोकेको घटना देखिएकाले बल्खु नाकालाई कडाइका साथ अनुगमन गरिएको बताउछन ।
प्रहरीको आँखा छलेर जाने क्रम भने रोकिएको छैन । अलि पर हिँडेर जाने अनि गाडी चढ्ने क्रम देखिँदै आएको छ । मजदुरले भने काठमाडौंमा बस्नसक्ने अवस्था नभएकाले आफ्नो घर फर्किएको दुःखेसो गरेका छन् । कतिपय उद्योग व्यवसाय सञ्चालकले आफ्ना मजदुरलाई पालेर राखिराख्न नसक्ने भएकाले पनि पठाउने गरेको सूचना प्रहरीमा आइपुगेको छ ।
कतिपय मजदुर भने जबर्जस्ती जाने गरेका छन् । गाडी फर्कन लागेको देख्ने बित्तिकै सडकमा रहेका मजदुरहरु दगुरेर चढ्न गरेका छन् । “खाने अन्न छैन, यहाँ मरे पनि मर्ने हो, घरमा मरे पनि मर्ने हो, सबै परिवार घरमा छन्, हामी जान्छम्, हामीलाई नरोक्नु सर” रौतहट जान लागेका एक मजदुरले आफ्नो पीडा सुनाए ।
जिल्लाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक भट्ट जबर्जस्ती ट्रकमा चढेपछि बाध्य भएर मजदुर बोकेर ल्याउनु परेको चालकले बताएको जानकारी दिए । कतिपय मजदुर अहिले पनि अलपत्र अवस्थामा छन् । काम नपाएकाले उपत्यकामा दैनिक जोहो गर्न सक्ने अवस्था छैन ।
सरकारले समस्यामा परेका मजदुरलाई आवश्यक राहत दिने घोषणा गरिसकेको छ । त्यसको लगत सङ्कलनलगायत काम ढिलाइका कारण तत्कालै सहयोगमा विलम्ब हुने देखिएको छ । त्यसैले मजदुरहरु हतारिएर रातारात उपत्यका छाड्ने क्रम बढेको हो । एक सातापछि ‘लक डाउन’ खुल्ने आशा गरिएकामा अर्को साता थपिएपछि झन मारमा परेको मजदुरले गुनासो गरेका छन् ।
खाद्यान्न अभावमा निम्तिने आपराधिक घटनालाई ध्यान दिँदैै महानगरीय प्रहरी कार्यालय काठमाडौंले राहत अभियान नै थालेको छ । कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० विश्वराज पोखरेलले बताए, “समस्या भए कार्यालयमा सम्पर्क गर्नुहोस्, हामी राहत लिएर आउँछौँ ।”
सरकारले यही चैत ११ गतेदेखि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आदेश जारी गरेको थियो । उक्त आदेशको समय आज बिहान ६ बजेदेखि सकिएपछि चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले चैत २५ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम भएकाले सरकारले उक्त आदेश जारी गरेको हो ।
चीनको वहानबाट शुरु भएको उक्त रोगका कारण विश्वका अधिकांश मुलुक प्रभावित भएका छन् । सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सामाजिक दूरी कायम गरी भीडभाड रोक्न सरकारले आवश्यक सावधानीका उपाय अपनाउँदै आएको छ । नेपालमा कोभिड–१९ का पाँच बिरामी फेला परेका छन् । सबै विदेशबाट फर्किएर आएका नेपाली हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार