लकडाउनकाे अवज्ञा गर्ने ३५२ भारतीय पक्राउ
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार १८:४९:३६
१९ चैत्र, पर्सा । कोभिड–१९ को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
उनले नियन्त्रणमा लिइएकालाई हाल वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको बताए । काठमाडौं, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिकहरु मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ ।
गएरातिदेखि नै प्रहरी नियन्त्रणमा रहेकालाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रबन्ध गरेको छ । नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकले के कारवाही गर्ने विषयमा निर्णय गर्ने प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार